हाम्रो विकास सहकारी संस्था लि. को अध्यक्षमा सुवेदी र उपाध्यक्षमा आचार्य

काठमाडौँ – हाम्रो विकास तथा बचत ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राजधानीमा सहकारीले आफ्नो चौधौँ साधारणसभा मार्फत नयाँ नेतृत्व पाएको हो । संस्थाको अध्यक्षमा मनोहरी सुवेदी चयन भएका छन् । यस्तै उपाध्यक्षमा तेज प्रसाद आचार्य, सचिवमा हरि प्रसाद अधिकारी, कोषाध्यक्षमा चन्द्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा रामचन्द्र गौतम, कुवेर नेपाल र देवी माया खनाल चयन भएका छन् । य

स्तै संस्थाले लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा तोलाकान्त सुवेदी, सदस्यमा लक्ष्मीप्रसाद चापागाई र लोचन शाही ठकुरी चयन भएका छन् । यस्तै संस्थाको ऋण उपसमितिको संयोजकमा तेजप्रसाद आचार्य चयन भएका छन् ।

कार्यक्रम पश्चात उपहारखबरसँग कुराकानी गर्दै संस्थाका उपाध्यक्ष आचार्यले राष्ट्रको विकासमा सहकारीको महत्वपूर्ण भुमिका भएको बताए ।‘सहकारी नामैबाट काफी छ, जहाँ सहकार्य हुन्छ, त्यहाँ सहकारी हुन्छ,’ उपाध्यक्ष आचार्यले भने, ‘पछिल्लो समयमा राष्ट्रको विकासमा सहकारीको भुमिका महत्वपूर्ण छ, धनी र गरिबबीचको खाडल पुर्ने काम पनि सहकारीले गरेको छ ।’ बैंकले प्रवाह गर्ने कर्जा कुनै पनि साना व्यवसायीका लागि नहुने हुँदा सहकारीले व्यक्तिको जामानीबाटै कर्जा प्रवाह गरि व्यवसायीहरुलाई सहज गरेको आचार्यको भनाई छ । ‘सहकारीले सहकार्य गर्दै मानवीय आर्थिक समस्यााई चिर्दै गरिबको घरमा हात मुख जोड्ने वातावरण तयार गरेको छ,’ उपाध्यक्ष आचार्यले अगाडी थपे, ‘डुब्न लागेको आर्थिक तरलतालाई गाउँ–गाउँमा पुगी बचत गर्न सफल भएका सहकारीहरुले पछिल्लो समय देशको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्याएका छन् ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्