एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेले सत्ता गठबन्धनको त्रासबाट भयमुक्त भएर निर्वाचनमा जाने रणनीति तय गरेको छ। शुक्रबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिरक्षात्मक मनोविज्ञानलाई तोडेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रतिवेदनमार्फत् पार्टी पंक्तिलाई निर्देशन दिँदै ओलीले भनेका छन्,‘निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ-कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूची बनाएर विगतको कमजोरीलाई नदोहोर्‍याउने सुनिश्चित गर्नुपर्ने।’

स्थानीय चुनावमा अपेक्षाअनुसार परिणाम प्राप्त नभएकोप्रति पार्टी पंक्तिमा रहेको निराशाबाट मुक्त हुन ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन। प्रतिकुलताको बीचमा प्राप्त गरेको सफलता, उपलब्धिको जगमा जनतामाझ आत्माविश्वासिलो रूपमा उभिनु पर्ने ओलीको भनाइ छ।

‘हाम्रो पार्टीविरूद्ध सम्पूर्ण शक्ति एकतावद्ध भएर आउने स्थिति छ। आफ्नै सामर्थ्य, नेतृत्व र एजेन्डामा निर्वाचन लड्ने रणनीति तर्जुमा गर्नुपर्छ,’ प्रतिवेदनमा ओलीले लेखेका छन्।

एमालेलाई बहुमतका निम्ति १६ प्रतिशत मत अपुगे रहेको दाबी ओलीको छ। त्यसलाई बढाउन पार्टी प्रवेशलाई तीव्रता दिने र नयाँ पुस्तामा ध्यान दिने एमालेको रणनीति छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्