हाम्रो विकास सहकारी संस्था लि. को १४ औँ बार्षिक साधारण सभा सम्पन्न

FILE PHOTO

काठमाडाैँ – हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार न्यूरोडमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनको प्रमुख आथित्य तथा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको विशिष्ट आतिथ्यतामा साधारण सभा आयोजना गरिएको थियो ।

उद्घाटन कार्यक्रममा सहकारीका उपाध्यक्ष तेजप्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए । साथै उहाँले सहकारीको काँडो शिर्षकको सहकारी कविता समेत प्रस्तुत गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष महर्जनले सहकारीलाई सहि मार्गमा जान शुभकामना दिएका थिए । मिनि बैंकको रुपमा चिनिने सहकारीले गरिबवर्गलाई माथि उकास्न सहयोग गर्नुपर्ने समेत स्मरण गराएका थिए । राजधानीको पनि राजधानी रहेको न्यूरोड क्षेत्रलाई कार्यक्षेत्र बनाएर सहकारी सञ्चालन गर्नु सामान्य कुरा नभएकोले यसलाई सहि दिशामा लग्नुपर्ने सन्देश दिएका थिए । प्रमुख व्यापारिक क्षेत्र रहेको न्यूरोडमा सहकारीले गरेको कार्यको उच्च प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा नेपाल व्यपार संघका अध्यक्ष गौतमले सहकारीले १४ बर्ष सम्पन्न गरि आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उहाँले कर्मचारीहरुले इमान्दारीताका साथ पैसा संकलन गरि इमान्दारिता देखाएको भन्दै कर्मचारीहरुको प्रशंसा गरेका थिए । उहाँले एक फरक प्रशंगमा बोल्दै घरधनीहरुले मापदण्ड विपरीतका भवनमा भाडामा लगाई महानगरको सूचना व्यापारीहरुलाई नदिई व्यापारीमाथि डोजर चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । महानगरको कदम सहि भएपनि घरधनीहरुले बहाल रहेका भाडावालाहरुलाई समयमा सूचना नदिदा मारमा परेको बताए । यसलाई व्याख्या गर्दै वडा अध्यक्ष महर्जनले यस विषयमा महानगर गम्भिर रहेको र छलफल भइरहेकोले यसतर्फ सचेत रहेको बताउनुभयो ।


कार्यक्रममा सहकारीका अध्यक्ष मछिन्द्रकुमार लामाले सहकारीले स्थापनाकालदेखि गरेको संघर्षबारे प्रष्ट्याएका थिए । उहाँले सहकारीलाई आफुहरुले बदनाम हुन नदिएको र टाँट पल्टिनबाट जोगाएकोले अब आउने नेतृत्वलेपनि यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । आफु अध्यक्ष नरहेपनि सहकारी रहुन्जेल सेयर सदस्य भइरहने र सहकारीका हरेक गतिविधिमा चाँसो दिने कुरा व्यक्त गरेका थिए ।


वि.स. २०६५ साल श्रावण १९ गते स्थापना भएको यस सहकारी प्रारम्भिक चरणमा काठमाडौँ महानगरपालिकाको १०, ११, १२, ३१ र ३२ नम्बर गरि पाँच वडाबाट कार्य प्रारम्भ गरेकोभएपनि हाल महानगरपालिकाभरि कार्यक्षेत्र विस्तार गरि कारोबार गर्दै आइरहेको छ । यस बर्ष संस्थालाई विगतको बर्षको सञ्चालन मुनाफालाई निरन्तरता दिदै यस बर्ष रु दुई लाख पौतालिस हजार छ सय त्रिचालिस रुपैया मुनाफा ल्याउन सफल भएको छ ।
गत आर्थिक बर्ष २०७७/७८को अषाढ मसान्तमा रु ९३ लाख ८७ हजार शेयर पूँजि रहेकोमा ६६ लाख ७० हजार बृद्धि भई आर्थिक बर्ष २०७८/७९ को अन्त्यमा रु १ करोड ६० लाख ५७ हजार शेयर पूँजि कायय भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्