घरधनीको लापरवाहीले व्यापारीहरुको विचल्ली, नेपाल व्यापार संघ भन्छ ‘क्षतिपुर्तिको लागि पहल गर्छाै’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाएकोमा नेपाल व्यापारसंघको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ साधारण सभामा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले महानगरको सूचना घरधनीले व्यापारीलाई नबताउँदा व्यापारीको विचल्ली भएको बताएका हुन् । ‘घरधनीको लापरवाहीले व्यापारीहरुको विचल्ली भएको छ, सामान जता ततै टुटफुट भएको छ,’ अध्यक्ष गौतमले भने, ‘व्यवसायीको क्षतीपुर्ति कसले दिन्छ ?’ अध्यक्ष गौतमले महानगरको कदम राम्रो भएपनि दुख भने साना व्यापारीले पाएको बताए । उनले भने, ‘साना व्यापारीले दुःख पाएको छ, यस विषयमा हामी गम्भीर छौँ, व्यापारीहरुले पाउनुपर्ने क्षतिपुर्तिका लागि पहल गर्नेछौँ ।’

उनले रसुवागढी र तातोपानी नाकामा व्यवसायीहरुको समान अड्किएर रहेको प्रति पनि आपत्ति जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्