अनु चन्दको पहिलो कोशेली “अभागी बस्ने देश” ठाडी भाका सार्वजनिक

काठमाडाैं – नव प्रवेशी गायिक अनु चन्दको ठाडी भाका सार्वजनिक भएको छ । अभागी बस्ने देश बोलको गीत निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

आफुलाई जन्मदिने आमालाई सम्झिदै आँशु नझार्न गीतमा भनिएको छ । मलाई सम्झेर आँखामा आँशु नझार्न तथा पुतली भेषमा फुलबारीमा डुल्न आउलो भनी गीतमा मार्मिक शब्द समावेश गरिएको छ ।

बैरागीका विस्तारामा दुखको बास हुने भन्दै आमालाई गीतमा सम्झेको छ । उक्त गीतमा अन्जु चन्दले स्वर दिएको छ भने शब्द समेत अनु चन्दको रहेको छ । भुपेश बुढा मगरले फोटो एनिमेशन भिडियोको सम्पादन गरेका छन् भने निरन्तर मिडिया प्रा.लि. ले दृश्य निर्माण गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्