भानुभक्त जोशीको लय शब्द तथा धनी सेफको स्वर रहेको “धडकन्या मुटुको कुनो” गीत सार्वजनिक

काठमाडाैं – चर्चित देउडा गायक भानुभक्त जोशीको लय शब्द रहेको “धडकन्या मुटुको कुनो” गीत सार्वजनिक भएको छ । चर्चित गायक स्वर्गीय सेफ हजारीको सम्झनामा तयार पारिएको गीत निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

मनै रुवाउने ह्यदयस्पर्शी शब्द समावेश गरिएको उक्त गीतमा भावुक शब्द मात्रै समावेश गरि गित तयार पारिएको छ । संसार छोडेर गइसकेपछि परिवारका सदस्यहरुले व्यक्त गर्ने शब्द तथा श्रद्धासुमनका आँशु समावेश गरिएको छ । शोकाकुल परिवारलाई सम्झाउन बुझाउन र स्मरणका लागि गीत तयार पारिएको छ ।

धनी सेफ र रमेश बगरेठाका संयुक्त प्रस्तुती रहेको उक्त गीत निरन्तर मिडियाले तयार पारेको छ । जाने बेला विरालोले बायाँ काट्यो होकि, कठै दादा तमरी मिठी बोली, अनि भेट कहिले होला अब, एकै इजु दुध खाएको, एक इजु कोख रहेको, इजा बाबा बालबच्चाको माया मारि गए जस्ता मार्मिक शब्द समावेश गरिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्