कोरोना महामारीको रुपमा फैलिएपछि अमेरिकाले गर्याे अनिश्चितकालीन संकटकाल घोषणा

कोरोना (कोभिड १९) भाइरस महामारीको रुपमा फैलिएपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेजसमेत घोषणा गरेका छन् । अमेरिकाले संक्रमण रोक्ने प्रयासस्वरूप बेलायत बाहेकका यूरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएको छ।यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू हुने बताइएको छ ।

संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने विषय भने ट्रम्पले उल्लेख गरेनन् । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् । यो भाइरसबाट पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा पनि दुई जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्