सम्झनाको ‘मै राम्रो छैन’ गीतले पायो एक महिनामै साढे ४ मिलियन भ्युज (भिडियो)

काठमाडौँ – लोकप्रिय लोकदोहरी गायक तथा शर्जक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाजमा सजिएको ‘मै राम्रो छैन’ गीतले एक महिनामै साढे ४ मिलियन भ्यूज पाएको छ ।
सम्झना भण्डारीको आधिकारिक युट्युब च्यानल ‘सम्झना भण्डारी’ मा गीत अपलोड गरिएको छ । गीत म्युजिक तर्फको ३ नं. ट्रेन्डिङमा रहेको छ । अत्यधिक रुचाइएको यो तीज गीतमा म्युजिक र शब्द पशुपति शर्माको रहेको छ भने उमंग फिल्मले पोष्ट प्रोडक्सन गरेको हो । गीतमा शेखर घर्तीमगर र चाहाना राना मगरले अभिनय गरेका छन् भने बीचबीचमा सम्झना र पशुपतिलाई समेत देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्