सुनको भाउ लगातार उकालो

काठमाडौ – सुनको भाउ लगातार बढ्न थालेको छ । आज पनि बढेर सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्