प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालको स्वतन्त्र उम्मेदवारी

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरु आ–आफ्नो तयारीमा जुटेका छन् । कोहि पार्टीबाट निर्वाचन लड्ने कसरतमा छन भने कुनै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । निर्वाचनको सरगर्मीबढ्सँगै मसिर ४ गते हुने प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।

पुँजी बजारको क्षेत्रमा लामो समय देखि आन्दोलन गर्दै आएका ढकाले पुँजि बजार मात्रै हैन समग्र देशको अर्थतन्त्र नै सुधार गर्नु पर्ने भएकाले आसन्न निवार्चनमा भाग लिनुको बिकल्प नभएको बताएका छन् ।
देश र जनताको भबिष्य खोज्दै ,अर्थतन्त्रको मेरुदण्ड शेयर बजारमा नीतिगत भ्रष्टाचारको बिरुद्धमा लड्दै समग्रमा राजनैतिक बेथिती, सुधारोन्मुख अर्थतन्त्रका पक्षलाई मुख्य एजेन्डा बनाएर राजनैतिक यात्रा सुरु गरेको ढकालको भनाई छ ।

उहाँले संघीयता खारेजी, पूर्वीचितवनको पर्यटन नगरी सौराहा लगायतका स्थानहरुको पुर्नउत्थान, गृहनगरी पूर्वीचितवनलाई हरित चितवन बनाउने एजेण्डा बोकि निर्वाचनको तयारी गर्नुभएको छ ।
ढकाल सेयर लगानिकर्ता दबाब समुहका अध्यक्ष समेत रहेका छन । चितवन क्षेत्र नं. १ एमाले सांसद सुरेन्द्र पाण्डेको क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्