“मेरि माया शितलु छाया” देउडा गीत शुक्रवार सार्वजनिक हुदै

काठमाडाैं – हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया” यहि शुक्रवार सार्वजनिक हुने भएको छ । निरन्तर मिडियोको आधिकारिक युट्युब च्यानलबाट शुक्रवार साँझ ५ बजे सार्वजनिक हुने भएको छ ।
गीतमा चर्चित देउडा गायिका रेखा जोशी र शेरी औजीको स्वर रहेको छ । यसैगरी गीतमा चर्चित देउडा गायक तथा हाँस्य कलाकार भानुभक्त जोशीको लय शब्द रहेको छ ।

भीम थापाले निर्देशन गरेको उक्त गीतमा सुदूरपश्चिमका ९ वटै जिल्लाका पर्यटकीय सम्पदाहरु तथा विर सहिदहरुले गरेको महत्वपूर्ण योगदानको चर्चा गरिएको छ ।
राम्रो छ दार्चुला हाम्रो, तामाको खान । कैलाली मनसुली धान, दशरथ चन्द जन्मेकी ठौउर, बैतडीकी शान आदी इत्यादी शब्दहरु गीतमा समावेश गरिएका छन् । विशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किस्न नेपालीले एरेन्ज गरेका छन् । सोनु बिकले छायांकन गरेको छ भने श्रीराम फिल्मस् धनगढीले दृष्य निर्माण गरेको छ ।

निक्कै मेहनत लगाएर सबै स्थलहरुलाई समेटिने गरि गीत निर्माण गरिएको र दर्शकहरुले अत्यधिक रुचाउने सर्जक भानुभक्त जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्