सुदूरपश्चिमको कला, सँस्कृति तथा पहिरन सहितको देउडा गीत सार्वजनिक, भानुभक्त जोशीको शब्द/लेखन

काठमाडाैं – सुदूरपश्चिमको कला, सँस्कृति तथा पहिरन सहितको देउडा गीत “सुन लक्षिमा” सार्वजनिक भएको छ । चर्चित देउडा गायक भानुभक्त जोशीको शब्द तथा लेखनमा तयार पारिएको देउडा गीत सार्वजनिक भएको छ । मौलिकता झल्किने गीतमा सुदूरपश्चिममा बजाईने बाँजा दमाहा समेत समावेश गरिएको छ । छलिया नृत्यमा लगाइने पहिरन लगाएर छायांकन गरिएको गीतमा चर्चित संगीत ऐरेन्जर, निर्देशक तथा संगीतकार भुवन बडुले समेत अभिनय गरेका छन् ।

देबु बोहरा, पुजा नाथ, माधव विष्ट, हेमराज अधिकारी, दर्शन जोशी, लोकेन्द्र नाथ, विरेन्द्र जोशी, माही बडु, निरुता खड्का, रेनु लोथ्याल, हेमा भट्टराई र अर्जुन तिरुवा ले समेत भिडियोमा अभिनय गरेको देख्न सकिन्छ ।

कैलाश प्रविनको निर्देशन तथा भानुभक्त जोशीको सहनिर्देशनमा तयार पारिएको उक्त गीतमा अमन बडुले छायांकन तथा सम्पादन गरेका छन् ।

भुवन बडुको स्वरमा रहेको उक्त गीत सुन लक्षिमामा शब्द माधव विष्ट र भानुभक्त जोशीको रहेको छ । लय उस्तज हंश राजको रहेको छ भने एरेन्ज भुवन बडुले नै गरेका छन् । यसैगरी उक्त गीतलाई मिक्सिङ भने जीवन बडुले गरेका छन् ।
विग परिवेशको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत दर्शकले अत्यधिक रुचाएका छन् । सुदूरपश्चिमको कला, संस्कृति, पहिरनलाई माया गर्ने दर्शकहरुले यो गीत हेर्ने पर्ने भिडियो मध्ये पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्