विरेन्द्र भाटद्वारा निर्देशित तीज गीत “धोवी खोला” सार्वजनिक

काठमाडाैं- निर्देशक तथा सम्पादक विरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा निर्माण गरिएको तीज गीत सार्वजनिक भएको छ । रिभान्स शिव म्यूजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । देवी घर्ती, विर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वरमा रहेको उक्त गीतमा लय हेमनाथ खरेलको रहेको छ । बीरबहादुर विश्वकर्मा कै संगीत रहको उक्त गीत मालाश्री स्टुडियोमा रेकर्डिङ गरि बिनोद बाजुरालीले एरेन्ज गर्नुभएको छ ।

खडक बाजुरालीले मिक्सिङ गरेको उक्त गीतमा कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ भने रम केसीले छायांकन गर्नुभएको छ ।
लोमस शर्मा, अस्मिता रानापाल, कैलाश कठात र कोमल पाण्डेले अभिनय गरेको भिडियोमा सह–सम्पादन लोकेश भाटले गर्नुभएको छ । वल्ड कभर मिडिया प्रा.लि.ले पोष्ट प्रोडक्सन गरेको उक्त गीत दर्शकहरुको रोजाइमा परेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्