दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

काठमाडौँ – दार्चुलाको शैल्य शिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले सूचना जारी गर्दै नगरका सम्पूर्ण करार कर्मचाहरुलाई साउन १ गते देखि म्याद थप नहुने जानकारी दिएका छन् । नगरले सम्पूर्ण करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरे पनि केही कर्मचारीहरुलाई थप नियुक्ती दिने गरि गृहकार्य भइरहेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

शैल्यशिखरमा यस अघि नेपाली काँग्रेसको स्थानीय सकार थियो २०८९ सालको बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेले स्थानीय सरकारको नेतृत्व गरेपछि अघिल्लो सरकारले नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई करार म्याद नथप्ने बताएको हो । देशभरी नै करार कर्मचारीको म्याद नथप्ने ट्रेन्ड चलिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्