भारत : महासचिव ज्योतिरादित्य सिन्धियाद्वारा काङ्ग्रेस पार्टीबाट राजीनामा

भारतको राज्य मध्य प्रदेशमा जारी राजनीतिक सङ्कटका बीच काङ्ग्रेससँग असन्तुष्ट पार्टी महासचिव ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस पार्टीबाट राजीनामा दिएका छन् ।

ज्योतिरादित्य सिन्धियापछि मध्य प्रदेशमा उनी समर्थक १४ विधायकले राज्यका राज्यपाललाई आफ्नो राजीनामा पठाएका छन् । केही समयअघि उनले आफ्नो राजीनामा ट्वीट गरेका छन् । ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा ९ मार्च तारिख लेखिएको छ, उहाँले सोमबार नै राजीनामा पत्र तयार गरेको बुझ्न सकिन्छ ।

आफ्नो राजीनामामा सिन्धियाले एक वर्षअघि देखि नै काङ्ग्रेसको प्राथमिक सदस्यताबाट राजीनामा दिने तयारी गरिरहेको बताएका छन् । आफ्ना व्यक्ति र कार्यकर्ताहरुको आकाङ्क्षा पूरा गर्नका लागि यो नै सही मौका भएको र अब नयाँ ढङ्गले अघि बढ्न लागेको उहाँले बताए ।

काङ्ग्रस पार्टीले भने ज्योतिरादित्य सिन्धियालाई पार्टीबाट निकालेको बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्