भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्दे

भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएको छ । यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिनुभएको छ । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताउनुभएको थियो । तर अन्तिममा उहाँले राजभवनमा पुगेर शपथ लिनुभएको हो ।

यसैबीच फडणवीसले आफ्नो ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताको नाताले पार्टीको आदेश पालना गरेको लेख्नुभएको छ । महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच हिजो बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्