सेयर बजारमा लगानीकर्ताको उत्साहसँग हरियाली, नेप्से परिसूचक ५ प्रतिशत बढी

लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै लगानीकर्ताहरुमाझ उत्साह छाएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंक बढेको छ। नेप्से उच्च अंकले बढेसँगै यस दिन २२३ स्टकको मूल्य बढेको छ। जसमध्ये ३ दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। दैनिक औषतमा १ अर्बको शेयर कारोबार भइरहेको बजारमा यस दिन २३० स्टकको ४४ हजार ३४१ पटकको कारोबारमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको ६३ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्