आदर्श लघुवित्तको आइपीओ भोलि विहान बाँडफाँड हुने, ६ हजार सेयर पाउने, १७ लाख ९० हजारको हात खाली हुने

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ । असार १ गतेदेखि निष्काशन गरेको आदर्श लघुवित्तको आइपीओ सोमबार बिहान ९ बजे बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । बिओके क्यापिटलको कार्यालयमा बाँडफाँड हुने सो आइपीओमा ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन्। आइपीओमा आवेदन गर्ने करिब १७ लाख ९० हजार आवेदकको हात खालि हुने छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्