शैल्यशिखर–७ मा रहेको बद्रिनाथ माविमा लगाइएको ताला खुल्यो, असार १८ गते विव्यस पुर्नगठन हुने

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा विगत ५ दिनदेखि लगाइएको ताला खोलिएको छ । शनिवार वडा नं. ७ का वडा अध्यक्ष पुष्पराज जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबदत्त जोशी, प्रधानाध्यापक पूर्णानन्द जोशी लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यको संयुक्त बैठकबाट सहमति गर्दै ताला खोलिएको हो ।

विद्यालयमा शिक्षक अभाव रहेको र भएका शिक्षक पनि अनुपस्थित हुने, छात्रबृत्ति समान रुपमा वितरण गर्न नखोजेको, पाठ्यपुस्तक अभाव रहेको, आर्थिक रुपमा अनियमितता भएको आशंकामा ५ दिन अगाडी ताला लगाइएको थियो । उक्त विषयलाई लिएर सहमति भएको छ । सहमतिमा भनिएको शिक्षक उपस्थित गराउन निर्देशन दिइने, छात्रबृत्ति समान रुपमा वितरण गरिने, देशभरी समस्याको रुपमा रहेको पाठ्यपुस्तक अभावलाई सामाधान गर्ने र मुद्दती खातामा रहेको रकम निकासा भएपनि खर्च नभएकोले यथार्त विवरण देखाउने लगायतका सहमतिपश्चात तालाबन्दी खुला गरिएको हो ।

उपहार खबरसँग कुरा गर्दै विद्यालयका प्रधानाध्यापक पूर्णानन्द जोशीले आर्थिक अनियमितता नभएको र रकम निकासा मात्रै भएको र खर्च नभएको बताएका छन् । यस्तै अन्य प्रशासनिक क्षेत्रमा अझ सशक्त भई अघि बढ्ने बताएका छन् । यसैगरी यहि असार १८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसी समिति पुर्नगठन गरिने समेत उहाँले बताउनुभयो ।

दुई सय भन्दा बढी विद्यार्थी भएको बद्रिनाथ माविमा शिक्षकको भने अभाव देखिएको छ । शिक्षक अभाव झेल्दै आइरहेको यस विद्यालयमा भएका शिक्षकहरुपनि अनुपस्थित हुदा पठनपाठन प्रभावित भएको थियो ।

शैल्यशिखर नगरपालिका वडा नंं ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालय यस वडाको बोहरीगाउँको मध्य भागमा रहेको छ । अधिकांश बस्ती भएको बोहरीगाउँ क्षेत्रका नानीबाबुहरु अध्ययनका लागि त्यहि विद्यालय जाने गर्दछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्