पेट्रोलियम पदार्थको मुल्यमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने सत्ता गठबन्धनको निर्णय

File Photo

काठमाडौँ – सत्ता गठनबन्धनको बैठकले पेट्रोलियम पदार्थको मुल्यमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार विहान प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनले यस्तो निर्णय गरेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । ‘प्रम निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।’ उनले भने, ‘सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने छ । उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३०देखि २५ रुपैयाँसम्म मुल्य घट्ने देखिन्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्