हेलम्बुले ‘दलित औद्योगिक क्षेत्र’ स्थापना गर्ने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले दलित औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले दलित औद्योगिक क्षेत्रको स्थापना गर्ने भएको हो ।

नीति तथा कार्यक्रममा भएिको छ, ‘दलित समुदायको सिप विकास तथा आय–आर्जन कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले यस गाउँपालिका भित्र उक्त समुदायको लागि उपयुक्त स्थानको छनोट गरि दलित औधोगिक क्षेत्रको स्थापना गर्ने कार्यक्रम रहेकोमा उक्त औद्योगित क्षेत्रको डि.पि.आर भईसकेको भएतापनि स्थान छनौट नभएको हुनाले हालसम्म निर्माण कार्यले गति लिन नसकेको हुँदा गाउँपालिका भित्र विभिन्न संघ संस्थाहरुले सञ्चालन गर्ने आय आर्जनका कार्यक्रमको ३० प्रतिशत बजेट अनिवार्य यस दलित औद्योगिक क्षेत्र निर्माणको लागि खर्च गर्ने गरि गाउँपालिका र संघसंस्थाहरुको साझेदारीमा ठाउँको यकिन गरि यसै आ.व भित्र नै गाउँपालिकाको पहलमा निर्माण कार्यर्लाइ तिव्रता दिईने छ । साथै गाउँपालिका भित्रका सम्पूर्ण दलितहरुको प्रतिनिधित्व हुने गरि सहकारी निर्माण गरि अव आईन्दा दलित समुदायको लागि दिईने लक्षित वर्गको सम्पुर्ण कार्यक्रमहरु यसै सहकारी मार्फत सञ्चालन गर्न लगाईने छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्