एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशत क्यासब्याक सुविधा पाउने

काठमाडौं – एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतदेखि ५०० रुपैयाँ क्यासब्याकसम्म सुविधा पाउने भएका छन् ।

बैंकका ग्राहकले भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यो सुविधा पाउनेगरी सम्झौता भएको हो । यो योजना १२ असार २०७९ देखि सीमित अवधिका लागि सञ्चालन हुँदैछ ।

ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । मुख्यतया धनगढीका ग्राहकलाई लक्षित गरी यो अभियान ल्याइएको बैंकको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्