एसपीपी अगाडि नबढाउने नेपालको निर्णय स्वागतयोग्य – चीन

काठमाडौं – चीन सरकारले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको पछिल्लो निर्णयको प्रशंसा गरेको छ । आज(जुन २३) मा बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्त वाङ वेनबिनले सरकारको तर्फबाट यस्तो धारणा व्यक्त गरेका हुन्।

नियमति पत्रकार सवालजवाफका क्रममा चाइना डेलीका पत्रकारले प्रवक्ता वेनबिनलाई नेपालको हालै बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अगाडि नबढाउने निर्णयमा सरकारको धारणा सोधेका थिए ।

यसमा विदेश मन्त्रालयका प्रवक्ताले ‘हामीले नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)लाई लिएर व्यापक विवाद भएको घटनामाथि नजर राखेको’ बताए । प्रवक्ता बेनबिनले ‘एसपीपीलाई नेपालका विभिन्न राजनीतिक दल र गुट, नेपाल सरकार, नेपाली सेना र नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग घनिष्ट रूपमा जोडिएको सैन्य र सुरक्षा पहलका रूपमा बुझे । एसपीपीका केही बुदा नेपालको राष्ट्रिय हित तथा लामो समयदेखि देशले अंगिकार गरिरहेको असलग्न , सन्तुलित परराष्ट्र नीतिविरुद्ध हुने देखे । यसैले नेपालको मन्त्रिपरिषद् बैठकले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको ’ कुरालाई नोट गरेको पनि बताए ।

यी सबैलाई ध्यान दिएर नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गर्ने वेनबिनले स्पष्ट पारे । अन्तिममा प्रवक्ता वेनबिनले नेपाल चीनको मित्रताको प्रगाढता दर्साउँदै भने –‘चीननले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न सहयोग गरिरहन । र साथमा नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्छौं । चीन क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग सहकार्य गर्न तयार छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्