राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर ओरालो

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ ।

मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका हुन् । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो ।

अध्यक्ष हमालले लगानीकर्ताको सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै कतिपय माग बोर्डको अधिकार क्षेत्रबाहिरको भएको उल्लेख गर्नुभयो । मौद्रिक नीतिमा शेयर खरिद गर्नका लागि एउटा बैंकबाट चार करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउने व्यवस्था गरिएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्