हङकङसँग नेपाल ७ विकेटले पराजित

FILE PHOTO

काठमाडौँ – एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्