डडेल्धुरामा विद्यालयबाट फर्किदा खोलाले बगाएर गरेका एक बालकको मृत्यु, २ जना घाइते

सांकेतिक तस्बिर

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए।

बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्