कहाँबाट चुनाव लड्छन रवि लामिछाने ?

काठमाडौं – सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् ।

‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताए ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्