पत्रकार रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं – पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन् । पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ भने कार्यालय काठमाडौंको बसुन्धरामा रहनेछ ।

पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिने लामिछानेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्