सुनको मूल्य उच्च वृद्धि, तोलामै १,५०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य उच्च वृद्धि भएको छ । जेठ २९ गते, सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ पुगेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा झरेको थियो । साताको पहिलो दिन, चाँदीको भाउ महंगिएको छ । यस दिन चाादी तोलामा १५ रुपैयाँले बढेर प्रतिोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्