मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै

सांकेतिक तस्बिर

नेपालमागएको आइतवार  प्रदेश–१ हुँदै  भित्रिएको मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।

अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको अहिले पानी नपरेका ठाउँमा दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश–१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्