शेयर बजार आज दोहोरो अङ्कले ओरालो

काठमाडाैं – बुधवार ६० अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्