दार्चुलामा जिउँदै महिलामाथि आगो लगाई गरिएको हत्याबारे सांसद ठगुन्नाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैँ‍ – दार्चुलामाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर निर्मम हत्या गरिएको बारे नेकपा एमाले सांसद गणेश सिँह ठगुन्नाले सरकारको ध्यानाकर्षण गरेको छ । बिहिबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद ठगुन्नाले एकम महिलाको हत्याबारे छानबीन गरि दोषीमाथि कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गरेको हो ।
्सिमा क्षेत्र भएकाले दोषी भाग्न सक्ने सम्भावना रहेकोले दोषी पत्ता लाग्दा समेत प्रक्राउ गरि कारवाही नगरिनु कतै प्रहरी प्रशासन कमजोर भएको त होइन कि ? भने सरकारलाई प्रश्न गरेका छन् ।
घर नजिकैको खरमा आगो लगाएर ती महिलाको हत्या गरिएको हो । अपराध गरि प्रमाण नष्ट गर्न आगो लगाएको हुन सक्ने समेत उहाँले प्रष्ट पारेका छन् । गम्भीर र जघन्य घटना भएकाले अपराधी पहिचान भईसकेकोले प्रक्राउ नहुनुको कारण केहो भनी गृह मन्त्रालयको ध्यानाकर्षण गर्नुभएको हो । गाउँको बीचमा खुलेआम यस्तो अपराध हुनु चानचुने कुरा नभएकोले यसतर्फ गम्भीर हुनुपर्नेमा समेत सभामुखको ध्यानाकर्षण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्