अछामको समग्र बिकासका लागी प्रतिबद्ध छुँ : सांसद बोगटी

चन्द्र प्रसाद भाट
अछाम – प्रतिनिधि सभाका सदस्य एबम् अछाम निर्बाचन क्षेत्र नः २ का सांसद यज्ञ बहादुर बोगटीले अछामको समग्र बिकासका लागी आफु प्रतिबद्ध रहेको बताए ।

मंगलसेन नगरपालिका वडा नः ६ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद बोगटीले यस्तो बताएका हुन् । आफ्नो निर्बाचन क्षेत्रमा भैरहेका बिकासका योजनाहरुको अनुगमन तथा निरीक्षण गर्न राजधानीबाट गृह जिल्ला अछाम पुग्नु भएका बोगटीले अबको समय भनेको बिकास र समृद्धिको भएको बताए ।

शिक्षा,स्वास्थ्य,बिद्युत,यातायात लगाएत समग्र क्षेत्रको बिकास अहिलेको अपरीहार्य आवश्यकता भएको बोगटीको भनाई थियो । सांसद बोगटीले सम्पूर्ण जनप्रतिनिधि निर्वाचित भैसकेपछि नेपाली जनताको सुख–दुःख को जिम्मेवारी जनप्रतिनिधिको काँधमा आएको स्मरण गरे ।

फरक प्रसँगमा बोल्दै उनेले अछाम र अछामी जनताको समृद्धिका लागी आफुले सम्बन्धित निकायमा आवाज उठाईरहेको समेत बताए । बिषेश गरी चिसापानी–जङ्गलघाट सडक खण्डमा ध्यान दिईरहेको बताउँदै बोगटीले आफ्नो कार्यकाल भित्रै यो योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए । आफु निर्वाचित भएको २ बर्षमा जिल्लाको समग्र बिकासका लागी धेरै महत्वपुर्ण कामहरुको सुरुवात गरेको बताउँदै कार्यकाल भित्रै सक्ने गरी काम गरीरहेको बताए । साथै उनले जनप्रतिनिधिहरुले बिकासका लागी बजेट मात्रै बिनियोजन गरेर नहुने भन्दै यसको सफल कार्यान्वयनका लागी सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । बिकासका काममा सबै उपभोक्ता,ठेकेदारले ईमान्दार भएर काम गरेमा समयमै र दिगो बिकास हुने उनको भनाइ छ ।

कार्यक्रमका बिशिष्ट अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले नगरपालिका वडा नः ६ ठुलासैन लाई बिशेष रुपमा बिकास गर्न चाहेको उल्लेख गर्दै यसमा सबै स्थानियको सकारात्मक सहयोग आवश्यक रहेको बताए । ठुलासैन क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले पहल गरीरहेको भन्दै बजेट समेत बिनियोजन गरेको स्मरण गराए ।

मंगलसेन नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका सँयोजक सरीता उपाध्यायले छोटो समयमै स्वास्थ्य चौकीको भवन बनेकोमा खुसि ब्यक्त गर्दै जनतालाई जुनसुकै समयमा पनि कार्यालयले सेवा दिनुपर्ने कुरामा जोड दिए । विशेष गरी महिलाहरुले कार्यालयबाट प्रयाप्त मात्रामा सेवाको उपभोग गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रमका समापन गर्दै वडा अध्यक्ष तथा भवन उद्घाटन समारोका अध्यक्ष जनकराज भण्डारीले छोटो समयमै भवन निर्माण गर्न सहयोग गर्ने सबै निकायलाई धन्यबाद दिए । आगामी दिनहरुमा पनि वडाको बिकासका लागी सबै वडावासीहरुसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटिका सदस्य डम्बर बिसि, नेपाली काँग्रेसका नगर सभापति पुष्पराज भण्डारी, कार्यपालिका सदस्य भावना बिक, वडा सदस्यहरु, टोल बिकास सँस्थाका प्रतिनिधिहरु, सामुदायिक बनका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका प्रतिनिधिहरु, पत्रकार लगाएतका अतिथिहरु रहेका थिए । स्वास्थ्य ब्यवस्थापन समितिका उपाध्यक्ष हेमराज भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कार्यालयका कर्मचारी देबेन्द्र खत्रीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्