पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण १७ जनाको ज्यान गयाे

पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण गएकाे २४ घण्टामा करिब १७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला तथा बालबालिका रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । देशको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाले सबैभन्दा नराम्रो प्रभाव परेको छ ।

डुबानका कारण त्यस प्रान्तका ग्रामीण इलाकामा १२ व्यक्तिको ज्यान गएको प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताउनुभयो । वर्षाका कारण पूर्वी पञ्जाब राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा दुई बालबालिकासहित झण्डै पाँच जनाको ज्यान गएकाे उहाँले बताउनुभयो ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रकाे जनजीव प्रभावित भएको छ । पाकिस्तानको मौसम विज्ञान महाशाखाले गएकाे सोमबार नै बुधबारदेखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकलाई सचेत गराएको थियो ।

सहयाेग : उज्यालाे अनलाईन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्