दार्चुलाको शैल्यशिखरमा एक जना पुरुष मृत भेटिए

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरूष मृत फेला परेका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी नजिक एक जना अन्दाजी ६५ बर्षका पुरुष मृत फेला परेको स्थानीयले बताएका छन् ।

पुरूष मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली खटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ग्वानीमा हिजो मात्रै हाइस दुर्घटना हुदा तीन जना पुरूषको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्