बडिमालिका नगरपालिका-७ को अध्यक्षमा पुन: पाध्याय बिजयी

देबराज पाध्याय

बाजुरा – बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: वडाअध्यक्ष पदमा ने क पा एमाले पाटी बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: पाध्यय नै विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् ।
पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे सक्रिय राजनीतिमा प्रवेश गरेका पाध्याय ०७४ मा समेत साे वडाकाे अध्यक्षमा विजयी भएका थिए ।
यस अघिकाे पाँच वर्षे कार्यकालमा वडा अध्यक्ष पाध्यायले वडा र समग्र नगरपालिकालाई समृद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
यस अघिकाे पाँच वर्षमा उनले वडालाई नगरकै नमुना बनाउन दिनरात नभनि खटेका थिए । वडा अध्यक्षमा पुन: विजयी भएका पाध्यायले छाेटाे प्रतिकृया दिदै भने अवकाे पाँच वर्षे कार्यकालमा वडाबासीकाे आवश्यकता अनुसार काम गर्ने बताए

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्