९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी

File Photo

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ ।

आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हाे ।

आजकाे बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गरेका छन् । उनले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्