आजदेखि सातामा दुई दिन सार्वजनिक विदा

काठमाडौं – जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । यसबाहेक साताको दुई दिनको बिदा भएमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने भन्दै पर्यटन मन्त्रालयले पनि सुझाव दिँदै आएको थियो ।

सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । सातामा दुई दिन बिदा भएपछि सबै कार्यालयमा कार्यरत कर्मचारी र सेवाग्राहीको समेत दैनिकीमा केही परिवर्तन हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्