डडेल्धुराको गन्यापधुरामा नेपाली काँग्रेसका इन्द्रबहादुर कार्की भारी बहुमतका साथ विजयी

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्