नुवाकोटको ताँदीमा नेपाली काँग्रेसको अग्रता कायमै

काडमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङले अग्रता लिएका छन् । यो सामाचार तयार पर्दा सम्म सन्तामानको पक्षमा १०९० मत खसेको छ भने नेकपा माओवादी केन्द्रका किरण रिजालको पक्षमा १०२३ मत खसेको छ । यसै गरि नेकपा एमालेका विजय खनालको पक्षमा ७८२ मत खसेको छ । समाजवादीका केपी लामीछानेको पक्षमा ५३२ मत र राप्रपाका शशी उप्रेतीको पक्षमा ४१ मत खसेको छ । त्यसै गरि उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सन्जु प्याकुरेलको पक्षमा ११९२ मत खसेको छ भने नेपाली काँग्रेसकी इश्वरी उप्रेतीको पक्षमा १०१० खसेको छ । त्यसै गरि नेकपा एमालेकी अस्मिता तामाङको पक्षमा ७९९, नेकपा समाजवादीकी सरु मिश्र उप्रेतिको पक्षमा २३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जना भण्डारीको पक्षमा ४२ मत खसेको छ ।

यसै गरि वडा नम्बर १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काँग्रेसका युवा नेता नकुर दोङ तामाङले ६२१ मत प्राप्त गरि जित हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका राम मोक्तान (तामाङ)ले ६१४ मत प्राप्त गरे । माओवादीकमा सागर तामाङले ४९९ मत प्राप्त गरे । यसै गरि कलममा ७६ र हलोमा २० मत खसेको छ । यसै गरि महिला वडा सदस्य काँग्रेस र ३ जना वडा सदस्यहरु एमालेबाट निर्वाचित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्