सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढायो

काठमाडौँ – सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्