सरकारको आइतबार पनि विदा दिने निर्णय प्रति नेशनल प्याब्सनको आपत्ति

काठमाडौँ – सरकारको हप्तामा २ दिन विदा दिने निर्णय प्रति नेशनल प्याब्सनले आपत्ति जनाएको छ । नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘सरकारले मनमौजी र एकलकाँटे ढंगले घोषणा गरेको आइतबारे विदा प्रति नेशनल प्याब्सन घोर आपत्ति प्रकट गर्दछ । वर्षभरि हुने अनेक प्रकारका बन्द हड्ताल तथा विदाहरुका कारण विद्याथीहरुको पठनपाठनमा अवरोध आइरहेको वर्तमान अवस्थामा सरकारका तर्फबाट थोपारिएको आइतबारे विदाले थप आन्यौल र पठनपाठनमा निष्प्रभावी हुने र अन्त्यमा विद्यार्थीहरुको सिकाई कमजोर हुने हुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेतमा नकारात्मक प्रभाव पर्ने निश्चित छ ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्