पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्यासको मूल्य समेत घटाइयो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य असार १७ गतेदेखि लागू हुने भएको छ।

नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्