इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

File Photo

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएपछि महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारलाई भाडा पुनःनिर्धारण गर्न अनुरोध गरेका हुन्।

उनले इन्धनको मूल्य बढ्दा तत्काल भाडा समायोजन हुने तर मूल्य घट्दा लामो समयसम्म भाडा यथावत् रहने प्रवृत्तिले यात्रु र यातायात व्यवसायी दुवैलाई अन्योलमा पार्ने गरेको बताए। त्यसैले स्वचालित मूल्य प्रणालीअनुसार भाडा पनि समयमै समायोजन गरिनुपर्ने उनको भनाइ छ।

महासङ्घले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्र आधार नबनाई सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकको वैज्ञानिक मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा जोड दिएको छ। महासङ्घले पारदर्शी र स्वचालित भाडा समायोजन प्रणाली कार्यान्वयन भए यात्रु र व्यवसायी दुवैको हित सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्