प्रास्तवित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन

लियो जिल्ला परिषद ३२५ बी २ बाट छुट्टीएर प्रास्तवित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन भएको छ । दाङको भालुवाङ हुदैँ, सुर्खेत, नेपालगञ्ज र सुदूरपश्चिम भु–भाग समेटिएको यस जिल्ला परिषद्को नयाँ कार्य समिति चयन भएको हो । प्रस्तावित जिल्लाको कार्यसमिति अध्यक्षमा नेपालगञ्जका सुजित वैश्य चयन भएका छन् भने प्रथम उपाध्यक्षमा नेपालगञ्जकै विवेक श्रेष्ठ र सचिवमा महेन्द्रनगरका मदन गिरी चयन भएको छन् ।

त्यस्तै परिषदको कोषाध्यक्षमा रबिना खड्का चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न भएको दशैँ जिल्ला सभाको नयाँ कार्यसमिति चयन भएको अध्यक्ष वैश्यले बताए । उनका अनुसार सभाबाट परिषद अन्तरगतका तीन एरिया प्रमुखलाई पनि चयन गरेको छ् । जसमा एरिया वन(बाँके–बर्दीया) चिपमा नितेश श्रेष्ठ, एरिया टु (सुर्खेत–दाङ र काठमाडौँको केही क्लब समेत) चिपमा प्रवेश भुसाल र एरिया थ्रि (सुदूरपश्चिप प्रदेश) चिपमा देवेन्द्र खड्का चयन भएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमै सामाजिक क्षेत्रमा ख्यातीप्राप्त संस्था लायन्स क्लब अन्तरगत रहेर लियो क्लबहरुले काम गर्दै आईरहेका छन् । आउँदो जुलाई देखि कार्यकाल सुरु हुने यस परिषदले सामाजिक कार्यसँगै नेतृत्त तथा क्षमता विकास, लियो सदस्यता वृद्धीलगायतका कामहरु गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्