सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्न सकिने

काठमाडाैँ – सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो। कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ । लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।

त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ । हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।

 

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्