कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक जना लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने २९ वर्षीय टिकेन्द्र चौधरीलाई करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्