सुनकाे मुल्यमा एकै दिन उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ – लगातार पाँच दिन घटेको सुनको मूल्य शुक्रबार उच्च वृद्धि भएको छ । शुक्रबार सुन तोलामा नै एक हजार २०० रुपैयाँले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा पुगेको छ । बिहीबार भने सुन तोलामा एक हजार रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९८ हजार रुपैयाँमा झरेको थियो ।

यो साता सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि सुनको भाउ निरन्तर पाँच दिन ओरालो लागेको थियो । बिहीबार सुन यो साताकै सस्तो मूल्यमा खरिदबिक्री भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्