सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी तत्कालन फिर्ता लिन पुनः निर्देशन (निर्णय सहित)

File Photo

काठमाडौं – सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्