टर्कीमा ४ नेपालीलाई ६ पाकिस्तानीले अपहरण गरेपछि…

काठमाडौं – टर्कीमा चार नेपाली पर्यटक अपहरणमा परे । उनीहरुलाई अपहरण गरी फिरौती रकम मागियो । इस्तानबुलमा अपहरणमा परेका उनीहरुलाई ३ दिन नियन्त्रणमा राखियो ।

अपहरण गरी नियन्त्रणमा तीन दिन राख्दा रकमको बार्गेनिङ भयो । परिवारसँग १० हजार यूरो माग्न थाले । परिवारले टर्की प्रहरीलाई उक्त घटनाबारे जानकारी गरायो । परिवारले नियन्त्रणमा राखेको इस्तानबुलको घर पत्ता लगायो । अपहरणकारी पक्राऊ परेका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

चार नेपाल टर्कीको टक्सिम स्क्वाएरमा घुमिरहेका थिए । उनीहरु त्यहींबाट अपहरणमा परेका थिए । २३ अप्रिलमा अपहरणमा परेका उनीहरु २६ अप्रिलमा अपहरणमुक्त भएका थिए ।-हुरियट डेली न्यूजबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्